
काठमाडौँ । शारदीय नवरात्रको पाँचौँ दिन आज आश्विन शुक्ल पञ्चमीका अवसरमा नवदुर्गाको पाँचौँ स्वरूप स्कन्दमाताको पूजा–आराधना भक्तिपूर्वक गरिँदैछ।
कमलमा विराजमान हुने स्कन्दमातालाई शान्ति, शक्ति र शुभफल प्रदान गर्ने देवीका रूपमा श्रद्धा गरिन्छ। आज भक्तजनले पञ्चामृत, फूल, अक्षता, धूप–दीप तथा फलफूल अर्पण गरी देवीको पूजा गर्ने परम्परा छ।
धार्मिक विश्वासअनुसार स्कन्दमाताको आराधनाले मनोकामना पूरा हुनुका साथै मानसिक शान्ति, आत्मबल र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ।


