तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बाढी पीडित पदक विजेता रेजिनलाई एनटीएको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन ३१ गते, शनिबार ५:५८

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बाढी पीडित तेक्वान्दोका साग पदक विजेता रेजिन रिमाललाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी पूर्व सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले रेजिनलाई २ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरे । कागेश्वरी मनोहरा नगरपालिकाको डाँछीस्थित एनटीएको हलमै आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो ।
एनटीएका अध्यक्ष तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले रेजिनलाई सहयोग गर्न पहल गरेका थिए । अध्यक्ष खड्काले तेक्वान्दोकर्मी, शुभचिन्तकलगायतबाट सहयोग संकलन भएको जानकारी दिए । सिन फुले ४० हजार, जेम्सले ७ हजार, सोलेहिन, नन्दा बस्याल, अन्जन कुइकेल र डा. रमेश ढकालले समान १०–१० हजार, अमरचन्द्र बोहराले ५ हजार १ सय, मनोज थापाले २ हजार ५ सय, सहदेव थापाले ३ हजार, कृषन चौधरीले १५ हजार, राजकुमार थापाले २ हजार २ सय २२, सुवासचन्द्र गौतमले ३ हजार १ सय, श्याम थापाले २ हजार तथा प्याट्रिक, पेशल राई, घनश्याम कार्की, मुकुन्द गजुरेल, भीम तुम्बापो, युमा र गंगाराम बस्नेतले समान ५–५ हजार सहयोग उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।
संकलित सहयोगमा अपुग रकम अध्यक्ष खड्का र गणेशबहादुर खड्काले थपेर रेजिनलाई २ लाख १ हजार सहयोग प्रदान गरिएको हो ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रेजिनको नुवाकोट जिल्लाको विदूर नगरपालिका ७ स्थित त्रिशूलीमा रहेको नयाँ र पुरानो गरी २ वटा घर बगाएको थिए । नयाँ घर बनाउन बैंक र विभिन्न संस्थाबाट करिब ४५ लाख ऋण लिएको रेजिनले बताए ।
अध्यक्ष खड्का खेल क्षेत्रसंगै सामाजिक सेवामा निरन्तर सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक कारणले समस्यामा परेकालाई विभिन्न समयमा अशोकले सक्दो सहयोग गर्दै आएका छन् ।
अध्यक्ष खड्काले सहयोगी सबैलाई धन्यवाद दिदै मर्कामा परेका खेलाडीलाई आफ्नोतर्फबाट सानो प्रयास भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु