
चितवन । उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा नेपालीहरूको महान् चाड विजया दशमी २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले चाडपर्वले समाजमा आपसी भाइचारा, सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र समाजको ऐना भएकाले व्यावसायिक मर्यादा, आचारसंहिता र उत्तरदायित्वलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै युरो मोटर्स प्रा.लि.का अध्यक्ष रुबिन रामुदामुले चाडपर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउँदै सञ्चारमाध्यम र व्यावसायिक क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, सफल मोटर प्रा.लि.का प्रबन्ध निर्देशक सन्तोष भट्टराई, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र अधिकारी तथा पुष्पाञ्जली हस्पिटलका प्रबन्ध निर्देशक सुजन अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सञ्चारमाध्यमले व्यावसायिक तथा सामाजिक उत्तरदायित्व वहन गर्दै निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
यसअघि कार्यक्रमका सहभागी तथा अतिथिहरूलाई स्वागत गर्दै उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको सभापतित्व गर्दै संस्थाका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले संस्था आगामी दिनमा पनि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणप्रति सदैव प्रतिबद्ध रहने बताउँदै कार्यक्रम समापन गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन उज्यालो टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक राजकुमार श्रेष्ठले गर्नुभएको थियो।


