
काठमाडौँ । तिथि वृद्धि भएकाले यस वर्ष कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रोअनुसार दुवै दिन महाअष्टमीका विधि दोहोर्याउनुपर्नेछ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दसैँघर तथा पूजा कोठामा महागौरीको पूजा र अष्टमीका अन्य कर्म गरिनेछ। भने अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते नै गर्नुपर्नेछ।
दुई दिन अष्टमी परेकाले यस वर्ष नवरात्र १० दिनको भएको छ। विजयादशमीमा पनि १० रात्रिका जमरा लगाइनेछ। हनुमानढोका दरबारमा महाअष्टमीको मुख्य पूजा सोमबार गरिने जनाइएको छ।


