तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

टीकाको चौथो दिन पनि मान्यजनको आशीर्वाद थाप्ने क्रम जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ७ गते, शनिबार ७:२३

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन छुटेका तथा समय अभावका कारण मान्यजनकहाँ पुग्न नसकेकाहरू आज आफन्तको घरमा पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।
नेपाली परम्पराअनुसार विजयादशमीदेखि सुरु हुने टीका र जमरा ग्रहण गर्ने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँलाई लामो समयदेखि भेट हुन नसकेका आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ।
दसैँका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने तथा आफन्तसँग भेटघाट गर्नेहरूको चहलपहल बढेसँगै सडक तथा बजार क्षेत्रमा पनि सर्वसाधारणको आवागमन बढेको छ। यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारालाई थप मजबुत बनाउने विश्वास गरिन्छ।
यता, दसैँ मनाउन सदरमुकाम तथा विभिन्न सहरबाट गाउँघर पुगेकाहरू पनि अब पुनः आ–आफ्नो कार्यस्थल तथा गन्तव्यतर्फ फर्किन थालेका छन्। दसैँको बिदा सकिन लागेसँगै सहर फर्किने यात्रुको चापसमेत बढ्दै गएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु