तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते, आईतवार ६:३६

काठमाडौँ । नेपालीको प्रमुख पर्व बडादसैँ आज कोजाग्रत पूर्णिमासँगै विधिवत् रूपमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन साँझ धन–सम्पत्तिकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परासँगै १५ दिन लामो दुर्गा पक्ष समाप्त हुने गर्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दसैँका क्रममा गर्नुपर्ने अखिल बलिपूर्ति लगायतका धार्मिक विधि पनि आजै पूरा गरिन्छ। विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशीर्वाद लिने क्रमसमेत कोजाग्रत पूर्णिमासँगै टुंगिन्छ। यस दिन घरमा राखिएको जमरा नजिकका नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने दुर्गा पक्ष नेपालीले आफ्नो परम्परा र क्षमताअनुसार विभिन्न विधिबाट मनाउँदै आएका छन्। कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीको पूजा गरी जाग्राम बसेका घरमा देवी स्वयं भ्रमण गर्दै प्रवेश गर्ने र धन, ऐश्वर्य तथा समृद्धि प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ।
समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये महालक्ष्मीको आराधना गर्दै आज दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र तथा विजयादशमीको मुख्य पर्व दशमीमै सम्पन्न भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमामा समाप्त हुने धार्मिक परम्परा छ।

लक्ष्मीपूजाभन्दा करिब १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले कोजाग्रत पूर्णिमालाई विशेष महत्त्वका साथ लिइन्छ। यस दिनलाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। धार्मिक मान्यताअनुसार आज राति जुवा खेल्ने परम्परा समेत रहेको भट्टराईले जानकारी दिए। महालक्ष्मीका साथै हात्तीमा आरूढ इन्द्रको समेत पूजा गर्ने विधान छ।
यसैबीच, कार्तिक स्नान तथा तुलसीको विशेष पूजा–आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। आकाशदीपदानको परम्परा पनि सोही दिनको साँझदेखि सुरु गरिने जनाइएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु