तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते, आईतवार ६:४०

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन् ।

शनिबार उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाया हाते ब्याटर फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको हो । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो पाकिस्तानी राष्ट्रिय टिमका खेलाडी हुन् । बिहीबार कर्णालीले पाकिस्तानका चर्चित अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो । तलात पनि नेपाल आइसकेका छन् ।

फर्हानले सन् २०१८ मा अस्ट्रेलियासंग खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । उनले पाकिस्तानबाट टी–२० मा ५१ खेल खेल्दा एक हजार ५ सय ५४ रन बनाएका छन् । जसमा २ सतक र १३ अर्धसतक सामेल छ । उनले रावलपिण्डीमा भएको पछिल्लो तीन टी–२० आईमै अर्धसतक बनाएका छन् ।

कर्णाली याक्सले ६ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । यसअघि कर्णालीले पाकिस्तानकै अलराउन्डर हुसैन तलातसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अलीलाई भित्राइसकेको छ । शुक्रबार मात्रै टिमले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई अनुबन्ध गरेको थियो ।

त्यस्तै, दोस्रो सिजनमा सानदार प्रदर्शन गरेको स्कटल्यान्डका अलराउन्डर मार्क वाट पनि टिममा अनुबन्ध भइसकेका छन् । वाटबाहेक मिलर, फर्हान, तलात, अरिफुल र अकबर चारै जना पहिलो पटक एनपिएल खेल्दैछन् ।

कात्तिक ९ बाट सुरु हुने एनपिएलको लागि कर्णालीले घरेलु खेलाडीमा मार्कीमा सोमपाल कामी, गुल्शन झा, नन्दन यादव, विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु