दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आजको मौसम: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते, आईतवार ७:१४

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका अधिकांश भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपात हुनसक्ने सम्भावना छ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

सोमबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु