दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘एकताबद्ध कांग्रेस नै आगामी निर्वाचनको जितको आधार हो’ : बालकृष्ण पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक ८ गते, आईतवार १३:०६

छत्रदेव, अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विगत १६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको चियापान, भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।

छत्रदेव गाउँपालिका–७ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा वडा सभापति घनश्याम न्यौपानेको अध्यक्षता तथा मेघराज पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। नेपाली कांग्रेस महिला समितिकी अध्यक्ष स्वर्गीय बसुन्धरा न्यौपानेको पहलमा १६ वर्षअघि सुरु भएको उक्त परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। कार्यक्रमलाई निरन्तरता दिन पूर्वसभापति शोभाखर न्यौपानेको विशेष पहल र योगदानसमेत रहेको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डे रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य लेखक पोखरेल तथा लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, जिल्ला उपसभापति विष्णु भुसाल, जिल्ला सचिवद्वय कृष्ण खनाल र अच्युत गौतम, कमल पौडेल, मेघराज पाण्डेलगायतका नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला समिति, महाधिवेशन प्रतिनिधि सूर्य अधिकारी, यादव घिमिरे, युवराज श्रेष्ठ, कमला घिमिरे, धर्मराज पाण्डेलगायत महाधिवेशन प्रतिनिधि, पार्टीका विभिन्न तहका पदाधिकारी, वडा सभापति तथा पालिका सभापतिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको समेत कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसभित्र देखिएका गुट–उपगुट, आपसी मतभेद तथा विवादलाई अन्त्य गर्दै पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। पार्टीको आन्तरिक एकता, आपसी सद्भाव र सहकार्यलाई सुदृढ गर्दै आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने साझा संकल्पसमेत व्यक्त गरिएको थियो।

नेताहरूले व्यक्तिगत स्वार्थभन्दा पार्टी र जनताको हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर संगठन सुदृढीकरणमा सक्रियतापूर्वक लाग्न आह्वान गरेका थिए। उनीहरूले पार्टीलाई बलियो बनाउन आपसी विश्वास, सहकार्य र समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा नेपाली कांग्रेसभित्र एकता, सद्भाव र सहकार्य कायम रहोस् तथा आगामी स्थानीय तहको निर्वाचनमा पार्टी विजयी भई जनताको सेवा गर्ने अवसर प्राप्त होस् भन्ने कामनासहित भगवती देवीसँग प्रार्थना गरिएको थियो।

१६ वर्षदेखि निरन्तरता पाउँदै आएको यस कार्यक्रमले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताबीचको सम्बन्ध थप सुदृढ गर्न, आपसी सद्भाव बढाउन तथा संगठनलाई एकताबद्ध बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागीहरूले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु