दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिसेस वर्ल्ड २०२५ विजेता स्यामी आज नेपाल आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १३ गते, शुक्रबार ६:०१

काठमाडौं। मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि आज शुक्रबार नेपाल आउने भएकी छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।

थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई बधाई दिन नेपाल आउन पाउँदा आफू खुसी रहेको उनले बताएको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए। उनले प्रतियोगिताको सफलताको शुभकामनासमेत व्यक्त गरेकी छन्।

स्यामीको नेपाल भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुने आयोजकले जनाएको छ।
सौन्दर्य प्रतियोगिताबाट प्राप्त ताजलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने मान्यता राख्ने स्यामीले आमाको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएकी छन्। ‘जब आमा खुसी हुन्छिन्, तब परिवार र समाज पनि बलियो बन्दै जान्छन्’ भन्ने सन्देशसहित उनको अभियानले आमाको खुसी, सकारात्मक सोच र पारिवारिक सुखको महत्त्वलाई उजागर गर्दै आएको छ।

उनका लागि सौन्दर्य प्रतियोगिताको उपाधि व्यक्तिगत उपलब्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। आफूले प्राप्त गरेको अवसर, आवाज र भूमिकालाई अन्य महिलालाई प्रेरित गर्न उपयोग गर्नुपर्ने उनको दृष्टिकोण छ।

यस वर्षको मिसेस नेपाल वर्ल्ड २०२६ मा २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा छन्। स्यामीको उपस्थितिले प्रतियोगीहरूलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव बुझ्न तथा महिला सशक्तीकरणका विषयमा थप प्रेरणा लिन सहयोग पुग्ने विश्वास आयोजक शिला बास्तोलाले व्यक्त गरेकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु