
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा रहेको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ १२ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा रहेको छ। त्यसैगरी, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकका अनुसार आवश्यकताअनुसार तोकिएको विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिन्छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको दर भने राष्ट्र बैंकको दरभन्दा फरक हुन सक्नेछ।
राष्ट्र बैंकले विदेशी मुद्राको अद्यावधिक विनिमय दर आफ्नो आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराउँदै आएको जनाएको छ।


