दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक १६ गते, सोमबार १०:२४

नेपालगन्ज । नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ ।
नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबले आयोजना गरेको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९ स्कोर ल्याएर प्रथम भएको हो । नेपालगन्ज स्वीमिङ क्लबले यस अघि आयोजना गरेको दोस्रो नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको पनि सगरमाथा स्वीमिङ क्लब विजेता हो । प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १७४ स्कोर ल्याएर दोस्रो भएको छ । त्यसैगरी कोहलपुर बाँकेको शिखा एकेडेमी ९५ स्कोर ल्याएर तेस्रो भयो ।
ललितपुरको जेम्स स्कुल ५९ स्कोर ल्याएर चौथो, भारत लखनउको ला मार्टिनेयर गल्र्स कलेज ३३ अंक ल्याएर पाँचौ, कोशी प्रदेश २३ अंक ल्याएर छैठौं र १८ अंक ल्याएर रातो बंगला स्कुल ललितपुर सातौं भएको छ ।
प्रतियोगितामा पुरुष र महिला सर्वाेत्कृष्ट खेलाडी सगरमाथा स्वीमिङ क्लबका खेलाडी भए । ७ वटा स्वर्ण र एउटा रजत गरी ८ पदक जितेर पुरुष तर्फ निभान समन अवाले र १० वटा स्वर्ण, एक एक वटा रजत र काँस्य गरी १२ पदक जितेर राइजा अवाले सर्वोत्कृट खेलाडी भएका हुन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही पाँच हजार पाँच सय पचपन्न रुपैयां ५५ पैसा प्रदान गरिएको थियो । आयोजकले अण्डर ८ का खेलाडी कौतिक शर्मा (रातो बंगला स्कुल ललितपुर) र विधि नेपाल (मेम्पल क्यानेडियन स्कुल)लाई इमर्जिङ खेलाडीको रुपमा अनि सक्षम पौडेल र जेनिश जीएमलाई योङ्गेष्ट खेलाडीको रुपमा सम्मान गरेको थियो ।
विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरण दाज गौतम, नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव ईश्वरकुमार कार्की, प्रतियोगिताको स्क्रिन पाटर्नर डर्मा अर्थका जीवन धमला, नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपाने, इभेन्ट डाइरेक्टर तथा क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कमलकुमार कार्की, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, क्लबका महासचिव कृष्णप्रसाद अधिकारी, कोषाध्यक्ष ऋषिराम कँडेल, सल्लाहकार शंकरप्रसाद खनाल लगायतले ट्रफी, मेडल, प्रमाण पत्र र पुरस्कार वितरण गर्नु भएको थियो ।
अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडीबीच पौडीका फ्रि स्टाइल, बेष्टस्ट्रोक, ब्याकस्ट्रोक, बटरफ्लाइ, रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुट्टाछुटै विधाका ८० वटा इभेन्टमा भएका थिए । प्रतियोगितामा नेपालका सबै प्रदेशका साथै भारतको नयाँ दिल्ली र लखनउबाट गरी करिब १५० जना खेलाडीहरु सहभागी भएका थिए ।

फोटो क्याप्सन
नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि विजेता ललितपुरको सगरमाथा स्वीमिङ क्लब

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु