दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

थली महोत्सवमा दुर्गेश थापाको लाइभ कन्सर्ट हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते, आईतवार ८:११

२१ कात्तिक, काठमाडौं । दोस्रो थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८३ मा चर्चित गायक तथा कलाकार दुर्गेश थापाको विशेष लाइभ कन्सर्ट हुने भएको छ।
महोत्सवको विशेष आकर्षणका रूपमा आगामी कात्तिक २३ गते थली चौरमा थापाको भव्य सांगीतिक प्रस्तुति आयोजना गर्न लागिएको हो। कार्यक्रममा उनले आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।
कात्तिक ९ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसँगै व्यापारिक गतिविधिसमेत सञ्चालन भइरहेका छन्।

आयोजकका अनुसार दुर्गेश थापाको लाइभ कन्सर्टमा स्थानीय बासिन्दा, युवा, दर्शक तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण दर्शकलाई कार्यक्रममा सहभागी भई महोत्सवको शोभा बढाउन आग्रह गरेको छ।

मिति: २०८३ कात्तिक २३ गते
स्थान: थली चौर, काठमाडौं
विशेष आकर्षण: दुर्गेश थापाको लाइभ कन्सर्ट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु