दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य⚡तपाईको आज मंसिर १३ गते आइतबारको दिन कस्तो छ ? हेर्नुस् राशिफल⚡राष्ट्रिय खेलकुदमा सबै वर्गको सहज सहभागिता सुनिश्चित गर्न मन्त्री बादीको आग्रह⚡स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार⚡१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ राष्ट्रिय पौडीमा बागमति च्याम्पिनय⚡रेड बुल एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि⚡कलात्मक वातावरणमा काठमाडौंमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक⚡दशौँ राष्ट्रिय खेलकुदमा फुल कन्ट्याक्ट करातेको भव्य सुरुवात⚡टोखाको धापासीमा उच्च हिमाली क्षेत्रका रैथाने कृषि उपजको बजारीकरणका चुनौती र अवसरबारे अन्तरक्रिया⚡सामाजिक सुरक्षा कोषमा करार कर्मचारीदेखि अनौपचारिक श्रमिकसम्मलाई आबद्ध गराउने तयारी

स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ मंसिर १२ गते, शनिबार १९:५०

काठमाडौँ, मंसिर १२। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।

सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो। सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याई उपचार भइरहेको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु