
आज २०८३ साल मंसिर १३ गते (२९ नाेभेम्बर २०२६) आइतवार | तिथि: मार्ग कृष्णपक्ष पञ्चमी ९ः४८ बजेपछि षष्ठी। नक्षत्र: तिष्य १७ः१५ बजेपछि अश्लेषा। चन्द्रराशिः कर्कट।
मेष: काममा अलमल हुन सक्छ, त्यसैले हतार नगरी सोचेर निर्णय गर्नु राम्रो।
♉ वृष: समय अनुकूल बन्दै जानेछ। काममा सहयोग मिल्ने र मन खुसी रहनेछ।
♊ मिथुन: तपाईंको सल्लाहको कदर हुनेछ। छोटो यात्रा वा बाहिरको काम हुन सक्छ।
♋ कर्कट: समस्या समाधान हुँदै जानेछ। व्यक्तिगत कामका लागि पनि राम्रो समय।
♌ सिंह: व्यस्तता बढ्न सक्छ। अनावश्यक कुरामा नबोल्नु नै राम्रो।
♍ कन्या: कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। सोचेका काम पूरा हुनेछन्।
♎ तुला: मनको बोझ हलुका हुनेछ। प्रियजनसँग भेटघाटको योग छ।
♏ वृश्चिक: नयाँ जिम्मेवारी आउन सक्छ। परिस्थितिअनुसार काममा परिवर्तन गर्नुपर्ने हुन सक्छ।
♐ धनु: थकान महसुस हुन सक्छ। आवश्यक कामलाई प्राथमिकता दिनु राम्रो।
♑ मकर: मन प्रसन्न रहनेछ। अरूले भनेका कुराले तपाईंलाई खासै असर गर्ने छैन।
♒ कुम्भ: क्रमशः कामहरू मिल्दै जानेछन्। सहयोग र साथ प्राप्त हुनेछ।
♓ मीन: नयाँ कामको जिम्मेवारी आउन सक्छ। समयमै काम पूरा गर्ने प्रयास गर्नुहोस्।


