तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रलाई प्रबर्द्धन गर्नुपर्छ : उपसभापति गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १८ गते, आईतवार १७:२८

काठमाडौ,१८ साउन । नेपाली काङ्ग्रेसका उपसभापति, पुर्व मन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडिबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको जडिबुटी विशेष कार्यक्रममा बोल्दै उहाँले नेपाललाई आर्थिक क्षेत्रमा छिटो फड्को मार्न सक्ने जडिबुटी क्षेत्र भएको बताउनु भएको हो । उहाँले भन्नुभयो ” हाइड्रोपावर लगायतमा गरेको लगानीले प्रतिफल दिन आठ दश बर्ष लाग्छ भने जडिबुटी क्षेत्रमा गरिएको लगानीले एक डेढ बर्षमै प्रतिफल दिन्छ ।”

नेपालमा प्रशस्त रूपमा पाइने जडिबुटी कानुनको अभावमा लोप हुँदै गएको भन्दै कानुन निर्माण गरेर त्यस्ता जडिबुटीको खेती गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफू कानुन मन्त्री हुँदा जडिबुटी सम्बन्धि कानुन निर्माण गर्न प्रयास गरेपनि सफल हुन नसकेको प्रसङ्ग जोड्दै जडिबुटी सम्बन्धि कानुन निर्माणको लागि वन तथा वातावरण मन्त्रालयले नै विधेक तयार पार्नुपर्ने बताउनुभयो । “म कानुन मन्त्री हुँदा वन तथा वातावरण मन्त्रीलाई जडिबुटी उत्पादन, ब्यबस्थापन, प्रबर्द्धनको लागि विधेयक ल्याउन पटकपटक आग्रह गरे तर पनि विधेयक आउन सकेन ।” उहाँको भनाइ थियो ।

नेपाललाई आर्थिक क्षेत्रमा द्रुत गतिमा उकास्न जडिबुटी क्षेत्र नै भएको दोहोराउदै यससंग सम्बन्धित सरोकारवाला सबैलाई निरन्तर चासो राख्न पनि उहाँले आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु