दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

श्रीराधाकृष्ण भजन गीतमा संलग्न कलाकारहरु सम्मानित​

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण १९ गते, सोमबार १७:५७

काठमाडौं ।लोकप्रिय गीतकार आनन्द अधिकारीद्धारा रचित श्रीराधाकृष्ण भजन गीतमा संलग्न सम्पूर्ण कलाकारहरुलाई ललितपुरको जाव्हलाखेल स्थित उग्रचण्डी पार्टी भेन्युमा एक कार्यक्रम गरी आईतवार सम्मान गरिएकोछ । समाजसेवी दम्पत्ती सानु भाई ताम्राकार र रन्जना ताम्राकारको परिकल्पनामा निर्मित उक्त भजन गीत चर्चित गाएक शिव परियार र गायिका अस्मिता अधिकारी ले स्वर दिएका छने भने संगित कृष्ण भारव्दाज,कोरीयोग्राफि भावना कार्की,नृत्य प्रनव श्रेष्ठ र अस्मिता पराजुलीले गरेका छन् । करीब ८ महिना अघि हाईलाइटस नेपाल मार्फत रिलिज गीत विभिन्न संचार माध्यमहरु तथा युटयुबबाट पनि हे राध प्रसारण भइरहेको छ ।
उक्त गीतबाट प्राप्त हुने सम्पूर्ण मुनाफा रकम ताम्राकार परिवारको तर्फबाट र गीतकार, गायकहरु र संगीतकारका तर्पmबाट ललितपुर गोदावरी नगरपालिका स्थित आमा घर नेपालको सहयोगार्थ प्रदान गरिनेछ । २४ वर्ष अघि स्थापना भएको आमा घर नेपालले अनाथ तथा पिडीत सहयोगापेक्षी बालबालिकाहरुको संरक्षण गरी शिक्षा प्रदान गर्दै आएको छ । उक्त संस्थामा प्रवेश पाएदेखि उच्च शिक्षा हासिल गरी आय आर्जन गर्न सक्षम नभएसम्म निरन्तर सहयोग प्रदान गर्दै आएको छ । हाल ५३ जना बालबालिकाहरुले संरक्षण प्राप्त गरिरहेका छ भने स्थानिय विद्यालयहरुमा उचित शिक्षा पनि हासिल गरिरहेका छन् । आमा घर नेपालबाट सक्षम भई निस्केकाहरु हाल देश विदेशमा रही विभिन्न पेशामा संलग्न भएकाहरु छन । अमेरिकामा रहेका आमा फाउण्डेशनको आर्थिक सहयोगमा संचालन भइरहेका आमा घर नेपाललाई विभिन्न व्यक्तिहरु लगायत सो संस्थाबाट दिक्षित र संरक्षित युवाहरुले समेत सहयोग जारी राखेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु