दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धमलाको स्मृतिमा वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २० गते, मंगलवार १८:४३

काठमाडौँ, २० साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालित वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

धादिङका समाजसेवी दुर्गाप्रसाद धमलाको स्मृतिमा आज सङ्गीता धमला तथा दुर्गालक्ष्मी प्रतिष्ठान र लायन्स क्लब अफ काठमाडौँ पावर सेक्टर ३२५ जेले आज रु १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा आगन्तुक शय्या, शुद्ध पिउने पानी, मोबाइल चार्जिङ बोर्ड, ट्रली, डस्टबिन र बिरामीको जानकारीका लागि टेलिभिजन, सिसी क्यामेरालगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । स्वास्थ्यसँग समुदायलाई जोड्दै जानुपर्ने उहाँको भनाइ थियो । मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका आयोजक एवं लायन्स क्लब अफ काठमाडौँ पावर सेक्टर ३२५ जेका प्रतिनिधि इन्जिनियर विनोद देवकोटाले उपचारका क्रममा वीर अस्पतालमा भर्ना भएका बिरामीले भोग्नुपरेका समस्यालाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो ।

समाजसेवी दुर्गाप्रसाद धमलाको उपचारका क्रममा २०८१ मङ्सिर ११ गते वीर अस्पतालमा निधन भएको थियो । उहाँको स्मृतिमा प्रतिष्ठानले विभिन्न सामाजिक काम गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु