
ललितपुर । युगीन कलाकार तथा निर्देशक पवन जाेशी लायन्स क्लव अफ काठमाडौंकाे “युगान्तकारी महिमा सम्मान”व्दारा सम्मानित बनेका छन्।।
नेपाली तथा नेपाल भाषााकाे कला क्षेत्रमा ५५ बर्ष लामाे अविरल याेगदानकाे गरिमामय कदर स्वरूप जाेशीलाई लायन्स सम्मान प्रदान गरिएको हाे।
लायन्स क्लब अफ काठमाडौं महिमाका चार्टर प्रेसिडेन्ट गणेश आचार्य तथा लायन्स क्लव अफ काठमाडौं शुभ-ताराका चार्टर प्रेसिडेन्ट राजेश हिमालय र लायन्स क्लव अफ काठमाडौं कम्युनिटी पिसकाे भव्य आयाेजनामा जाेशीलाई उक्त महिमामय गाैरबशाली लायन्स सम्मान प्रदान गरिएको हाे।
कला क्षेत्र बाहेकको अन्तर्राष्ट्रिय सामाजिक सेवा संगठनवाट जाेशीलाई प्रदान गरिएको याे पहिलो सम्मान पनि हुन पुगेको छ। ७० बर्षकाे उमेरमा याे गाैरबशाली लायन्स सम्मान पाउँदा अत्यन्त खुशी लागेको र ५५ बर्ष लामाे आफूले कला र कलाकारिता क्षेत्रमा दिएको याेगदानकाे ठूलाे कदर भएको जाेशीले गाैरबताका साथ बताए ।।


