तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

टोखाकी महिला पत्रकार टाेखा लाइभकर्मी नबिना श्रेष्ठलाई नेपाली कांग्रेसद्वारा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २६ गते, सोमबार १५:३४

टोखा, साउन २५ / नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं. २ कार्य समितिले विद्यार्थी सम्मान कार्यक्रमको दौरानमा टोखाकी पहिलो महिला पत्रकार टाेखा लाइभ कर्मि नबिना श्रेष्ठलाई सम्मान गरेको छ। सूचना तथा सञ्चारको माध्यममार्फत समाजलाई सुसूचित र सुसज्जित गर्न निरन्तर सक्रिय रहँदै आएको योगदानको कदर गर्दै, उनको नाममा सम्मान–पत्र प्रदान गरिएको हो।

सम्मान कार्यक्रम नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व केन्द्रीय सभापति तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद (वि.पी) कोईरालाको ४३औं स्मृति दिवस तथा पूर्व केन्द्रीय सभापति, पूर्व प्रधानमन्त्री र गणतन्त्र नेपालको संविधान २०७२ का “संविधानका पिता” कहलिएका स्व. सुशील कोईरालाको ८६औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सांसद् माननीय प्रदीप पौडेल, विशेष अतिथि प्रदेश सांसद् तथा नेपाली कांग्रेस क्षेत्र नं. ५ का सभापति माननीय श्याम बहादुर खड्का, विशिष्ट अतिथि काठमाडौं जिल्ला सभापति सबुज कृष्ण बानियाँ, अतिथि त्रिभुवन विश्वविद्यालयका डा. पिताम्वर भण्डारी, तथा वडा सभापति हेरा काजी महर्जन डंगोललगायतको उपस्थितिमा सम्मानपत्र हस्तान्तरण गरिएको थियो।

सभापति महर्जनले श्रेष्ठले टाेखाको विभिन्न बिधामा प्रचारप्रसार भूमिका स्मरण गर्दै भने, “टोखामा महिला पत्रकारिताको बाटो खोल्ने साहसिक कदमको लागि यो सम्मान कृतज्ञताको प्रतीकको रूपमा रहेको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु