दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशमै रोजगारी सिर्जना गर्नेगरि आज÷भोलिभित्रै युवा नीति ल्याउँछौं ः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार ६:१८

काठमाडौं, २७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि आज÷भोलिभित्रै युवा नीति ल्याउन लागेको घोषणा गरेका छन् । उनले युवाहरुको लागि सिप विकास, उद्यमशीलता र रोजगारी सिर्जनको लागि आफू दत्तचित्त भएर लागिपरेको बताए ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘म पनि केही गर्न सक्छु भनेर प्रतिबद्धता लिनको लागि युवाहरुलाई म आग्रह गर्दछु । देशको विकास र नेतृत्व तहमा पुग्नेगरि सकारात्मक पहल लिनुहोस । तल्लो तहदेखि युवाहरुलाई अघि बढाउनको लागि सिप विकास गर्नको लागि, उद्यमशील बनाउनको लागि र रोजगारी सिर्जना गराउनको लागि आफू नेतृत्वको मन्त्रालय गम्भीर भएर लागिपरेको मन्त्री चौधरीको भनाई छ ।
उनले भने,‘प्राविधिक क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि यो मन्त्रालय दत्तचित्त भएर अघि बढेको छ । युवा नीति आज÷भोलिभित्रै घोषणा गर्दैछौं । युवालक्षित नीति तय गर्न १५ दिनअघि उद्योगपतिहरुसँग छलफल गरेर राम्रो नीति बनाएका छौं ।’ उनकाअनुसार राष्ट्रिय युवा परिषद्ले रोजगारी सिर्जना गर्नको लागि सबै स्थानीय तह खासगरी नगरपालिकासँग छलफल गरेको छ । अहिले युवा मन्त्रालयले सिप, तालिम, मेलाको आयोजनाको साथै युवाहरुलाई ऋणपनि दिएको उनको भनाई छ । उनले भने,‘युवा स्वरोजगार कोष छ । यहाँ त कपाल काट्नेदेखि गहना बनाउनेसम्म अर्को देशका व्यक्तिहरु भेटिन्छन् । स्किल लिएर पनि काम गर्न हामा युवाहरु लाज मान्छन् । देश बनाउने भनेको युवाले नै हो । अरु देशका नागरिक आएर यो देश बनाउँदैन । सकारात्मक सोच राख्दा हरेक परिवर्तन हुन्छ ।’
उनले अब देशमा आन्दोलन र सत्ता परिवर्तनको कुनै खाँचो नभएको बताए । देशमा केवल विकास, रोजगारी र समृद्धिको खाँचो रहेको मन्त्री चौधरीको भनाई छ । उनले भने,‘हामी सबै प्रवन्ध गर्दछौं । हाम्रा युवाहरु आईटीमा, एआईमा पनि अघि बढिरहेका छन् । यो सरकारले युवाहरुको रोजगारी सिर्जना गर्न यो वर्ष १ लाख १२ हजार युवाहरुलई रोजगारी दिने भनेको छ । सातवटै प्रदेश, स्थानीय तह सबैसँग सहकार्य गरेर अघि बढेका छौं ।’ लोकतान्त्रिक सरकारले मिडियामाथि लगाम लगाउने काम नगर्ने भन्दै मिडिया काउन्सिल विद्येयकमा केही कमजोरी भए सच्याउने पनि मन्त्री चौधरीले विश्वास दिलाए ।
म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने हिजोको मन्त्रिपरिषद्बाट निर्णय भएको पनि उनले सुनाए । उनले भने,‘हिजोमात्रै मन्त्रिपरिषद्बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ । प्रक्रिया मिलाउने काम भएको छ । कानून, ऐन मिलाउनुपर्ने हुन्छ । राष्ट्रपतिले सम्मान गर्नुपनि ठूलो कुरा हो । आर्थिक सहयोगको लागि त सरकारले निर्णय लिएको छ ।’ सरकारले अहिले ट्यालेन्ट हन्ट कार्यक्रम अघि बढाएको पनि उनले सुनाए । देशव्यापी रुपमा सबै खेलको लागि आवश्यक पूर्वाधार विकासको लागि काम भैरहेको पनि उनले विश्वास दिलाए ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले दैनिक हजारौंको संख्यामा युवाहरुले देश छोड्नुपरेको भन्दै सरकार युवा पलायन रोक्नको लागि गम्भीर नबनेको आक्रोश पोखे । उनले भने,‘दैनिक हजारौंको संख्यामा युवाले देश छोड्नुपरेको छ । यो उनीहरुको बाध्यता हो । गाउँमा मलामी पाउन छोडेको कुरा बाहिरिएका छन्, युवा मान्छे नभएर शव उठ्न सकस भएको छ । यो दुई तिहाईको शक्तिशाली सरकारले पनि युवालाई देशमै रोजगारी दिन सकेन । खोई युवाहरुलाई रोजगारी ? युवाहरु देशव्यापी रुपमा पीडामा छन् । देशमै रोजगारी भएको भए युवाहरु विदेशिनुपर्ने थिएन ।’
धमलाले देशमा युवाले हरेक तहमा नेतृत्वदायी भूमिका लिनुपर्ने बताए । उनले भने,‘हाम्रो देशमा युवा किन प्रधानमन्त्री बन्न सकेन ? ५० वर्ष पुगेको व्यक्ति किन प्रधानमन्त्री बन्न सकेन ? देउवा, ओली र प्रचण्ड घुमिफिरी प्रधानमन्त्री बन्नुभएको छ । उहाँहरु तीनै जना युवा होईन। देउवा ८० वर्ष पूरा हुनुभयो, फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’
उनले जनताको अवस्था सुधार गर्नेबारे वर्तमान सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । राजनीतिमा नेपालको युवा पुस्ता असक्षम भएको पनि धमलाको दाबी छ । उनले भने,‘केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई गाली गरेरमात्रै हुँदैन, युवा साथीहरुले नेतृत्वको लागि हस्तक्षेप गर्नुभयो त ? विस्थातिप गर्न सक्नुहुन्छ ? आन्दोलन र व्यवस्था बदल्नको लागि युवा नै सडकमा उत्रिएको थियो । तर, आज नेतृत्वको सवालमा युवाको प्रतिनधित्व कहाँ छ ? व्यवस्था परिवर्तन गर्नसक्ने युवा किन अवस्था परिवर्तन गर्न सक्दैन ?’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु