दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल सुरुL

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार ६:३८

साउथ वेस्टर्न स्टेट कलेजको आयोजनामा प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
पहिलो दिन ४ चरणको खेल सकिँदा ६ खेलाडी संयुक्त रुपमा शीर्ष स्थानमा छन् । बिर्तामोड कलेजका मिसन दाहाल, हेराल्ड कलेजका रिसोन थापा, बीएन एकेडेमीका अविन पाण्डे, आयोजक साउथ वेस्टर्नका पुरुषोत्तम सिलवाल, पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले र सेन्ट जेभियर्सका अभिक शाह संयुक्त रुपमा शीर्ष स्थानमा छन् । नौ चरणसम्म खेल हुनेछ ।
प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राणा, वडा ५ का अध्यक्ष मदन गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसीलगायतको उपस्थिति रहेको थियो ।
बसुन्धरास्थित आयोजककै हातामा भइरहेको दुईदिने प्रतियोगितामा विभिन्न ४० कलेजका १ सय भन्दा बढी खेलाडी सहभागी छन् । कुल नगद पुरस्कार राशी १ लाख ४२ हजार रुपैयाँ रहेको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पार्ने छन् । सातौंदेखि दसौं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । महिलातर्फ शीर्ष २ स्थान हात पार्नेलाई छुट्टै क्रमशः १० हजार र ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु