दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २९ गते, बिहीबार ५:५९

काठमाडौं । डुकाउ फिस टनेल एक्सपो काठमाडौंमा । कागेश्वरी मनाेहरा वडा न ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा यँही आउदो ३० गते देखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति ब्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (Fish Tunnel) मा एक हजार भन्दा धेरै समुद्री माछा हेर्न पाइने छ । यँही साउन ३० गते देखि भदौ २१ गतेसम्म गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव हुने भएकाे हाे ।

उक्त एक्सोपा काठमाडौंमै पहिलो पटक विभिन्न किसिमका १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने गरी माछाहरुलाई एक्सपोमा राखिने छ जसमा यो नेपालमा पहिलो एक्सपो र यो महिना पछि अन्तिम पनि हुने आयोजकले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए । काम र व्यस्तताको बावजुद, काठमाडौँको भिडभाडबाट केही क्षणको लागि भएपनि उक्त महोत्सवमा गएर अन्डरवाटर एकाेरियमको मज्जा पनि लिन सकिनेछ। महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुती समेत रहनेछ । महोत्सवमा विभिन्न खालका खेल सामग्रीहरू पिङहरू सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन पाइने ।

साउन ३० गते देखि भदौ २१ गतेसम्म चल्ने डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ मा बालबालिकाका विभिन्न खेल सामग्री तथा १०० भन्दा धेरै सपिङ स्टल रहेकाे आयोजक दिपक दाहालले डिजिटल खबर लाई जानकारी गराए।

अब सपिङ, विभिन्न खेलकुद एकै ठाउँमा । स्थानीय व्यापार प्रवर्द्धनका लागि २५% सम्म छुटमा सामानहरू बिक्री वितरण गरिनेछ। व्यापार तथा पर्यटन प्रवर्द्धनको लागि यो महोत्सवले निकै सहयोग गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु