दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाट बजार विकास व्यवसायी संघका पदाधिकारी, सदस्य एवम् सल्लाहकारहरुबीच छलफल सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ श्रावण २९ गते, बिहीबार २०:४३

भरतपुर/चितवन र यस आसपासका व्यवसायीहरुको हकहित र संरक्षणका लागि काम गर्दै आएको संस्था हाट बजार विकास व्यवसायी संघले हाटवजारमा पेशा, व्यवसाय गरी देशमै रोजगारी सिर्जना गर्दै आएका व्यवसायी र संघका आगामि योजनाहरुका विषयमा विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
हाट बजार विकास व्यवसायी संघका अध्यक्ष लालबहादुर रायको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका पदाधिकारी एवम् सल्लाहकारहरुको उपस्थिति रहेको थियो । समितिले भरतपुर क्षेत्रका बसेनी, नहरचोक, गौतमचोक, नारायणपुर चोक र बेलचोक गरी पाँच ठाउँबाट हाट बजार सञ्चालनमा ल्याईरहेको र उक्त हाट बजारहरु मध्ये पूर्ण व्यवस्थित भई नसकेका स्थानलाई कसरी व्यवस्थित गर्न सकिन्छ र हाट बजारमा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको हकहितका लागि के कस्ता योजनाहरु तयार गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल गरिएको थियो । छलफलमा हाटबजार रहेको स्थानको संरक्षण र सम्बद्र्धन र व्यवसायिकहरुका कर लगायतका अन्य समस्याहरुको समाधानको लागिको प्रयास गरिने निष्कर्ष निकालिएको थियो ।
छलफल कार्यक्रममा सल्लाहकारहरु राकेशमान श्रेष्ठ, राजु भट्ट, प्रदिप वाग्ले, विजय श्रेष्ठ, समितिका उपाध्यक्ष जनकलाल कट्टेल, सचिव शिवलाल बराली, कोषाध्यक्ष मातृका गुरागाईं, सह–सचिव पर्वत लामा, सदस्यहरु कृष्ण प्रसाद सिम्खडा, कृष्ण प्रसाद ढकाल, जमुन मिया, बैदुल्ला मिया, मोती श्रेष्ठ, दुर्गा रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु