
काठमाडौं । लायन्स क्लब अफ काठमाडाैं फेलाेसिपका पूर्व प्रेसिडेन्ट तथा बरिस्ठ समाजसेवी राजेश हिमालय सम्मानित भएका छन् ।
काठमाडौमा शुक्रबार युगान्तर मिडियाको ७ औँ वार्षिक उत्सवमा आयोजना गरिएको बिशेष कार्यक्रम माझ प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारीले राजेश हिमालयलाई सम्मान गर्नु भएको हो।
सम्मानित जोशीला हिमालयले देशभरीका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरूपनि सहयोग गर्दै आइरहनुभएकाे छ ।
उहाँले शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेकाे इसिएलएफ नेपालसंगकाे सहकार्यमा देशभरीका विभिन्न विद्यालयमा सयाैं कार्यक्रमहरू गरिसक्नुभएकाे छ । उहाँले रत्न छत्र हिमालय फाउण्डेसन स्थापना गरी शैक्षिक अभियान मार्फत विभिन्न विद्यालयहरूमा शैक्षिक समाग्रीलगाएत खेलकुदका समाग्रीहरू सहयोग गर्दै आइरहनुभएकाे छ ।


