दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

युवा व्यवसायी आकृति कुँवरद्धारा नयाँबसपार्कमा बैँकेट सञ्चालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ७ गते, शनिबार १२:५७

काठमाडौँ ७ भदौ । कामको खोजीमा दैनिक सयौँ युवाहरु विदेशीरहेको कहालीलाग्दो अवस्थामा युवा व्यवसायी आकृति कुँवरले भने विदेशमा सीकेको ज्ञान, सीपलाई स्वदेशमा प्रयोग गर्नुभएको छ ।

स्वीजरल्याण्डको लेस रोसेस विश्वविद्यालयबाट उद्यमशीलतासहित होटल व्यवस्थापनमा स्नातक र लण्डनबाट रियलस्टेट, फाइनान्स र होटल तथा पर्यटन विकासमा स्नातकोत्तर हाँसिल गर्नुभएकी २४ वर्षीय कुँवरले काठमाडौँको राष्ट्रिय बसपार्क नयाँबसपार्कमा १२ करोड लगानी गरेर एस बैँकट सञ्चालनमा ल्याउनुभएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालनमा ल्याइएको उक्त बैङ्कटको शुक्रबार साँझ जेष्ठ नागरिक शम्भुमानसिंह कुँवर र सञ्चालक आकृति कुँवरले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

युवा व्यवसायी कुँवरले २३ हजार स्वायर फिटमा तीनवटा बैँकट हल सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उक्त बैँकट हलभित्र सगरमाथा, माछापुच्छ«े र धौलागिरी गरी तीन हलहरु रहेका छन् । प्रत्येक हलमा ५०० देखि ७०० जना व्यक्ति अट्ने क्षमता भएको सञ्चालक कुँवरले बताउनुभयो ।

उहाँले उक्त बैँकट हलमा पचास भन्दा बढी युवालाई रोजगार समेत दिनुभएको छ । “स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशमा सिकेको ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरौँ भनेर बैँकट हल सञ्चालनमा ल्याएका हौँ,”– उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पछिल्लो समय राष्ट्रिय बसपार्क व्यवस्थित र सुन्दर बन्दै गएको बताउनुभयो । उहाँले उक्त बसपार्क सञ्चालनका लागि महानगरपालिका कटिवद्ध भएर लागेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दिपक कुँवरले नेपालमा केही गर्न सकिँदैन भन्ने भाष्यलाई चिर्नका लागि युवा व्यवासायी आकृतिले पार्टी प्यालेस सञ्चालन गरेर दर्जनौ युवालाई रोजगारी प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारी, मुख्यसचिव एकनारायरण अर्याल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, बागतमी प्रदेशका सांसद रमेशकुमार महत, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलगायत उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु