तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सर्वियाकी केकमान पाेखरा निन्जाजमा अनुबन्धीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ७ गते, शनिबार १८:२९

वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पाेखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर लाई अनुबन्धन गरेको छ। पाेखराले केकमानलाई पहिलाे विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।

केकमानले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्। साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी पूर्व खेलाडी हुन्। उनलाई पाेखरा नेन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै खुशी रहेको र उनले सिजनभर नै हरेक खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा मा टोली विश्वसत छ।

एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा केकमानले आफु निकै हर्षित भएको बताएकी छन्। पाेखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनकाे लक्ष्य रहेको छ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु