दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीजले महिलाको सशक्तिकरण र सामाजिक एकता प्रवर्द्धन गरेको छ: मन्त्री खड्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ८ गते, आईतवार १८:११

काठमाडौँ, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको सम्बन्धलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।

संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसियशन (एसकाज)ले आज राजधानीमा आयोजना गरेको सामूहिक तीज कार्यक्रममा बोल्दै उहाँले तीजलाई अब केवल हिन्दू महिलाको चाड मात्र नभई सबै धर्म, संस्कृति र समुदायबीचको साझा उत्सवका रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री खड्काका अनुसार तीज पर्वले सामाजिक सहकार्य, आपसी सद्भाव र मानसिक–शारीरिक ताजगी प्रदान गर्दै आएको छ। उहाँले संखुवासभा प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले धनी जिल्ला भएकाले त्यसको विकास र पहिचान प्रवर्द्धनमा सञ्चारकर्मीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसांसद राजेन्द्र गौतमले तीजले महिलाको सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै पछिल्लो समय यस पर्व व्यवसायिकतासँग पनि गाँसिँदै गएको बताए।

त्यसैगरी कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले तीजलाई अब नेपाली हिन्दू महिलामात्रको पर्व नभई सबै धर्म र जातजातिले आत्मसात् गर्न थालेको साझा उत्सवको रूपमा विकास भइरहेको धारणा राख्नुभयो।

नेपाली काँग्रेस नेतृ विनिता थापा खड्काले तीज पर्व महिलाबीचको हार्दिकता, एकता र सद्भाव विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

संघका अध्यक्ष शङ्कर खनालले संखुवासभाबाट काठमाडौँ आएका सञ्चारकर्मी तथा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिबीच आपसी चिनजान र भेटघाटलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक तीज कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु