दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र ९ गते, सोमबार १५:२९

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व
तिजको उपलक्ष्यमा तिज अन द वाल आयोजना गरिएको हो ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तिज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका महिला जवानहरुले सभागिता जनाउनुका साथै दुई पाड.ग्रे क्विनका सदस्यहरुले पनि
भाग लिएका थिए ।

साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको सो संस्थाले बताएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।

तिजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ ।

त्यस्तै हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमी स्पोर्टस क्लाईम्बिड. उपत्यका विशेष कमिटी र स्र्पोट्स क्लाईम्बिड. बागमति प्रदेश सँगको सहयकार्यमा यस
कार्यक्रम भएको हो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु