दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धापूर्वक मनाउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १२ गते, बिहीबार ७:३२

काठमाडौं ।भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धापूर्वक मनाउँदैछन्। बिहानै नदी, तलाउ वा पवित्र स्थानमा स्नान गरी माटो, गोबर, कुश, तिल र दतिवन प्रयोग गर्ने परम्परा छ। महिलाले ३६५ वटा दतिवनका डाँठले दाँत माझ्ने र ३६५ पटक स्नान गर्ने प्रथा रहेको मान्यता छ।

स्नानपछि सप्तऋषि- कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित वशिष्ठकी पत्नी अरुन्धतीको पूजा गर्ने प्रचलन छ। पूजा सामग्रीमा पनि ३६५ संख्याको विशेष महत्व दिइन्छ। यस व्रतले मासिक धर्मका समयमा हुने दोष नाश हुने विश्वास रहिआएको छ।

धर्मशास्त्रअनुसार ऋषिपञ्चमी महिलाले मात्र नभई पुरुषले पनि गर्नुपर्ने व्रत हो। पतिपत्नी मिलेर सात वर्षसम्म निरन्तर व्रत गरी उद्यापन गर्ने विधान उल्लेख छ।

पूजापश्चात महिलाले कर्कलाको तरकारी तथा नजोतेर वा नखनेर फलेका कन्दमूल खाने परम्परा छ। काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिर, भक्तपुरको दत्तात्रेयलगायत स्थानमा आज भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु