तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लुम्बिनी लाभाजलाई होन्डाको साथ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १४ गते, शनिबार ५:१५

फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रुपमा भित्र्याएको छ । एभरेष्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको प्रतियोगिताका लागि होन्डालाई आफ्नो आधिकारिक ’पावर्ड बाई स्पोन्सर’को रूपमा अनुबन्ध गरेको छ ।
होन्डासंगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा थपिएको क्लबले जनाएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको होन्डा जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले नेपाली महिला भलिबलको विकासमा नयाँ आयाम थपिने विश्वास टिम व्यवस्थापनले लिएको छ । होन्डा नेपालसँगको सम्झौतासँगै टिमको जर्सी र सबै मिडिया तथा सामाजिक सञ्जालमा ‘लुम्बिनी लाभाज पावर्ड बाई होन्डा’ उल्लेख गरिनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा स्याकार टे«ेडिङ्गका मार्केटिङ्ग म्यानेजर निजेनलाल श्रेष्ठले नेपाली खेलकुद र महिला खेलाडीहरूको सशक्तीकरणमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै लिगमा लुम्बिनी लाभाजको सफलताको कामना गरेका छन् । पद्य ज्योति ग्रुप अन्र्तगत रहेको स्याकार ट्रेडिङ्गले बिक्रि बितरण गर्दै आई रहेको होन्डाको स्कुटर र बाईकहरु नेपाली युवा वर्गमा निकै लोकप्रिय छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजन रहेको लुम्बिनी लाभाजले यस सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । होन्डा नेपालको साथले टोलीको मनोबल अझ बढेको र यसले दर्शकहरूमाझ उच्चस्तरीय खेल प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी लाभाजले लिएको छ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु