दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मलेसियाको उपाध्यक्षमा युवा व्यवसायी विनोद यादवको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १४ गते, शनिबार ५:४२

मलेसिया,गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि हुने नवौं अधिवेशनमा युवा व्यवसायी तथा समाजसेवी विनोद कुमार यादवले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
बारा जिल्ला कलैया घरभई हाल मलेसियामा व्यवसाय गर्दै आएका यादव व्यवसायसँगै सामाजिक क्षेत्रमार्फत नेपाली समुदायका लागि निरन्तर सक्रिय रहँदै आएका छन्। उम्मेदवारी घोषणा गर्दै उनले सामाजिक संघ–संस्थासँग प्रत्यक्ष जोडिन पाउने र समुदायका हितमा काम गर्ने अवसरकै कारण चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन ।
मलेसियामा विभिन्न सामाजिक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुर्‍याइसकेका यादवलाई उपाध्यक्ष पदका लागि उदीयमान नेतृत्व क्षमता बोकेको दाबेदारका रूपमा हेरिएको छ।
यस्तै, उनी हाल नेपाली समाजका अध्यक्ष समेत रहेका छन् भने नेपालमा जनता समाजवादी पार्टी, नेपालद्वारा प्रवास विशेष प्रदेश समितिका सदस्यको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु