दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काङ्ग्रेस बलियो बनाउन देशभर प्रशिक्षणको खाचो छ : उपसभापति गुरुङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १६ गते, सोमबार २:४५

बाके,१५ भदौ । नेपाली काङ्ग्रेसलाई बलियो बनाउन देशभर प्रशिक्षणको आवश्यक रहेको नेपाली काङ्ग्रेसका केन्द्रीय उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस बाकेमा जिल्ला स्तरीय प्रशिक्षणको उद्घाटन गर्दै पुर्व मन्त्री गुरुङले प्रशिक्षणले एक आपसको सहकार्यलाई बलियो बनाएर लैजाने भन्दै देशभर प्रशिक्षणको आवश्यक रहेको बताउनु भएको हो ।

“एक आपसमा सहकार्य नहुदा कहिलेकाही निर्वाचनमा तितो अनुभव बटुल्नु परेको छ” उहाँले भन्नुभयो । प्रशिक्षणले एक आपसमा सहमति र सहकार्यलाई बलियो बनाएर लैजाने उहाँको तर्क थियो ।

नयाँ पुस्तालाई नेपाली काङ्ग्रेसको इतिहास बुझाउन पनि प्रशिक्षण आवश्यक रहेको उहाँले बताउनुभयो । काङ्ग्रेसको सिद्धान्त बुझाएर एक आपसमा हार्दिकता सिर्जना गर्न पनि प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।

बाकेको जानकी गाउँपालिका ३ मा रहेको होटल पौवामा आइतबारदेखि संचालन भएको प्रशिक्षण सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु