काठमाडौं। चलचित्र ‘चपली हाइट’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका बिनिता बरालले प्रेमी तिलक पौडेल सँग इन्गेजमेन्ट गरेकी छन्। आफ्नो पढाईको शिलशिलामा केही वर्षदेखि अमेरिका बस्दै आएकी बरालले स्याङ्जाका तिलक पौडेल सँग केही दिन अघी मात्रै इन्गेजमेन्ट गरेकी हुन्। ज्वाँईको नामले प्रख्यात तिलक पौडेल सामाजिक संजाल ट्वीटरमा हिट छन्।