
काठमाडौ । राजनीतिज्ञ सामाजिक अभियान्ता तथा नेपाली काँग्रेस टोखा नगरपालिका–२ का ईकाई सभापति चाेकी हेराकाजी महर्जन युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी महर्जनलाई बहु–क्षेत्र योगदान सम्मानित गरेको हो ।

राजनीतिक एवम् सामाजिक चेतका धनी महर्जन देशलाई आमुल परिवर्तन गर्ने दिशामा कटिबद्ध भई समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै समाजिक जनचेतनामूलक कार्यहरु,धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता गर्दै
व्यवसाय सँगसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।


