
काठमाडौं । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गंगा बहादुर खड्का युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।
नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले खड्कालाई व्यवसायिक नेतृत्व सम्मानबाट सम्मानित गरेको हो ।
सामाजिक कार्यमा समेत सक्रिय सम्मानित खड्का विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएर निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी हुनुहुन्छ ।


