तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट कार्की सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र १९ गते, बिहीबार ११:०८

बैंकक – थाइल्याण्डका सफल युवा व्यवसायी एवम् सामाजिक व्यक्तित्व थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन ।

नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित बिशेश कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा। श्रीवान किङ्जुन भिक्षु डा राजु लामा पी कोन्दन कार्यक्रम संयोजक सरोज ओझा लगाएतले समाजसेवी कार्कीलाई सामाजिक सेवा योगदान सम्मानित गरेको हो ।

सम्मानित कार्की म्यानमारमा जन्मिएर थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि थाइल्याण्डमा विभिन्न पेशा गरेर वसिरहेका छन् ।आफूलाई नेपाली भन्न पाउँदा गर्व गर्दै पितृको देश नेपाल नेपाली भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय छन।

चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्व कार्कीको नेपालमा महाविनाशकारी भूकम्पको समयमा राहत,पून उद्दार र पूर्न निर्माणको काम गर्ने जस्ता मानवीय कार्यमा समेत उच्च योगदानको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु