दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई एनआरएनए पुर्ब अध्यक्ष रबिना थापाको बधाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ भाद्र २८ गते, शनिबार ८:१९

काठमाडौँ । नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त सुशिला कार्कीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रबिना थापाले बधाई तथा शुभकामना व्यक्त गरेकी छिन्।

थापाले एक विज्ञप्ति जारी गर्दै जेन्जी पुस्ताको अभियानले नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्री जन्माउन सफल भएकोमा गर्व लागेको उल्लेख गरेकी छिन्। उनले नेपालको नेतृत्वमा महिलाको ऐतिहासिक उपस्थिति राष्ट्रिय गौरव भएको बताइन्।

उनको भनाइमा, वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता जस्ता संवेदनशील विषय संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता छ। यस कदमले विश्वभर छरिएका नयाँ पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग अझ नजिक ल्याउने र राष्ट्रिय सम्बन्धलाई सबल बनाउने थापाको विश्वास छ।

थापाले विदेशमा रहेका लाखौँ नेपालीहरू आफ्नो जन्मभूमिप्रति समर्पित रहेको र राष्ट्र निर्माणमा योगदान दिन आतुर रहेको बताइन्। उनले नेपाललाई लगानीमैत्री कानुनी संरचना, पारदर्शी नीतिहरू, सुशासन र स्थिर प्रशासनिक प्रणालीमार्फत दिगो विकासतर्फ अघि बढाउनुपर्नेमा जोड दिइन्।

“नेपालले यदि लगानीमैत्री वातावरण बनाउन सक्यो भने, विदेशमा रहेका नेपालीहरूले मातृभूमिको आर्थिक समृद्धि, सामाजिक विकास र अन्तर्राष्ट्रिय छविको सबल आधार बन्न सक्छन्,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।

थापाले नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै समयमा निर्वाचन सम्पन्न गराउन सबै नेपालीले सहयोग गर्नुपर्ने बताइन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु