
काठमाडौं । मलेसिया स्थित क्लालालम्पुरमा सेटेम्वर २३ देखि २६ सम्म हुने अन्तर्राष्ट्रिय पाककला प्रतियोगिता 𝗖𝘂𝗹𝗶𝗻𝗮𝗶𝗿𝗲 𝗠𝗮𝗹𝗮𝘆𝘀𝗶𝗮 𝟮𝟬𝟮𝟱 मा सेफ एसोसिएसन अफ नेपालको अगुवाइमा बिशेष सहभागीता हुने भएको छ।
एसोसियसनका महासचिव पदम बहादुर आले मगरको नेतृत्वमा रहेको टोलीमा सनिल डंगोल,छत्र बहादुर थापामगर ,पदम बहादुर मगर सहभागी छन।

कार्यक्रममा ५० भन्दा बढी देशका व्यक्तिहरूले प्रत्यक्ष खाना पकाउने प्रतियोगितामा भाग लिने छन जसमा बिश्वभरबाट १२०० भन्दा बढी युवा सेफहरूको सहभागीता हुने छ । नेपालको तर्फबाट पदम बहादुर आले मगर निर्णायक टिममा हुनुहुन्छ ।
एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले प्रतियोगितामा नेपाली खानाको परम्परा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन तथा नेपाली शेफको प्रतिभा चिनाउन अवसर मिलेको बताउनुभयो।


