
ललितपुर, असोज १९, २०८२ (५ अक्टोबर २०२५) — नेपाल एपीएम क्लबद्वारा आयोजित ५औं एपीएम जुनियर टेबल टेनिस च्याम्पियनसिप २०२५ भैँसेपाटी, ललितपुरस्थित नेपाल एपीएम टेबल टेनिस क्लबमा सफलता पूर्वक सम्पन्न गरिएको छ। प्रतियोगितामा देशभरका विभिन्न क्लबका १५० जना खेलाडीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगिता Boys र Girls तर्फका U-13, U-16, र U-19 उमेर समूहमा सम्पन्न भएको थियो।
परिणामहरू:
Boys U-13
१. प्रथम – रीवन बज्राचार्य (Yala Table Tennis Club)
२. द्वितीय – दिनेश बोहरा (Nepal APM Club)
३. तृतीय – निर्विक शाक्य (Kholcha Pukhu Club)
३. तृतीय – रेजन शाक्य (Ikhachhen Sports Club)
Girls U-13
१. प्रथम – प्रज्ञा महार्जन (Stag Champions Table Tennis Academy)
२. द्वितीय – उरबी सुवाल (Bhaktapur)
३. तृतीय – आराध्या बिष्ट (Nepal APM Club)
३. तृतीय – यमिला श्रेष्ठ (Bhaktapur)
Boys U-16
१. प्रथम – रिजा शाक्य (Yala Table Tennis Club)
२. द्वितीय – सुविन छेत्री (Butwal)
३. तृतीय – निश्चल थापा (Stag Champions Table Tennis Academy)
३. तृतीय – सोयम महार्जन (Ikhachhen Sports Club)
Girls U-16
१. प्रथम – सुरम्या शाक्य (Stag Champions Table Tennis Academy)
२. द्वितीय – नर्मदा खैतु (Hopes Academy)
३. तृतीय – पमिला जोशी (Hopes Academy)
३. तृतीय – इमरिन महार्जन (Hopes Academy)
Boys U-19
१. प्रथम – हिमाल बिष्ट (Hopes Academy)
२. द्वितीय – सार्थक मानन्धर (Stag Champions Table Tennis Academy)
३. तृतीय – श्रीजल सुवाल (Bhaktapur)
३. तृतीय – समीर खत्री (Hopes Academy)
Girls U-19
१. प्रथम – योंगी पौडेल (Hopes Academy)
२. द्वितीय – सुस्मिता खड्का (Stag Champions Table Tennis Academy)
३. तृतीय – महिमा महता (Nepal APM Club)
३. तृतीय – दिया देउला (Bhaktapur)
यस वर्षको प्रतियोगिता विशेष रह्यो, किनभने यो प्रतियोगिता “YTTM Youth Table Tennis Training Camp – South Korea (१६–२६ मे २०२६)” का लागि चयन प्रतियोगिता समेत रहेको थियो। प्रत्येक उमेर समूहका प्रथम विजेताहरूलाई उक्त अन्तर्राष्ट्रिय तालिम कार्यक्रममा सहभागी गराइनेछ। सो तालिम कार्यक्रमलाई सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता Yang Young Ja द्वारा प्रशिक्षण दिइनेछ।
त्यसैगरी, प्रतियोगितामा सहभागी खेलाडीहरूको उत्साह बढाउनका लागि रु. १,५०,००० मूल्यका टेबल टेनिस उपकरणहरू सबै खेलाडीहरूलाई लकी ड्र मार्फत वितरण गरिएको थियो।
कार्यक्रमका फोटोमा सबै विजेताहरूका साथै आयोजक श्री दानबहादुर महता, निर्देशक (Nepal APM Club), साथै कोचहरू सुनिल महार्जन, अवय श्रेष्ठ, र ज्याकी महार्जन उपस्थित रहेका थिए।
नेपाल एपीएम क्लबले देशभरका युवा टेबल टेनिस खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन निरन्तर योगदान दिँदै आएको छ।


