तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वसन्तको आगमनले सल्बलाएका ओँठहरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २१ गते, मंगलवार १८:१४

झुल्के घामका किरणहरू
झ्यालको चरबाट सुटुक्क छिरेर
चियाउँदै जिस्क्याउन थाल्यो मलाई
म ब्युँझिएँ
आँखा तन्काउँदै खोलेँ मोबाइल
किबोर्डमाथि औंला बङ्याउँदै
उघारेँ तिम्रो सुन्दर पत्रका मुहारहरू ।

तिम्रा अक्षरका सुन्दर किरमिरे हारहरू
चम्किएका थिए इन्द्रनीझैँ रङ्मङिएर
तिम्रा शब्दका खातहरू मगमगाएका थिए
फुलेर चमेली, रजनिगन्धा र स्वर्णचम्पा
र त
खडेरीमा पिल्सिएको मेरो निरस मन
बौरिन थाल्यो तिम्रो पत्र रसले
सिख्रिएर बिग्रिएको मेरो रूप
पलाउँदै पुष्टिन थाल्यो
कलेटी परेका मेरा ओँठहरू
ओसिँदै सल्बलाउन थाल्यो
बोक्रा हराएको मेरो बैँस भरिन थाल्यो
जसरी वसन्त ऋतुको आगमनमा
नयाँ रसदार पालुवा फेर्छ
बोट बिरुवाहरूले
अनि छर्छ चमक प्रकृतिमा ।

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन–१०, स्युचाटार, काठमाडौँ
असोज २१, २०८२ (दसैँ पूर्णिमा)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु