दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टेबलटेनिसका छ खेलाडी प्रशिक्षणका लागि छनोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २२ गते, बुधबार ७:०८

विभिन्न ३ उमेरसमूहका ६ टेबलटेनिस खेलाडी दक्षिण कोरियामा हुने वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षण शिविरका लागि छनोट भएका छन् ।
नेपाल एपीएम क्लबको आयोजनामा भैसेपाटीमा भएको पाँचौँ एपिएम जुनियर टेबलटेनिस च्याम्पियनसिपको आ–आफ्नो उमेरसमूहमा पहिलो हुने खेलाडी मे १६ देखि २६ तारिखसम्म हुने शिविरका लागि छनोट भएका हुन् ।
यु–१३ सिंगल्सको ब्वाइजमा यल टेबलटेनिस क्लबका रिभान वज्राचार्य र गल्र्समा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्राज्ना महर्जन तथा यु–१६ सिंगल्सको ब्वाइजमा यलका रिजा शाक्य र गल्र्समा स्ट्यागकी सुरम्या शाक्य पहिलो भएका थिए । यु–१९ सिंगल्सको ब्वाइजमा होप्स एकेडेमीका हिमाल विष्ट र गल्र्समा होप्सकै योङगी पौडेलले स्वर्ण जितेका थिए ।
प्रतियोगितामा विभिन्न क्लबका १५० खेलाडी सहभागी थिए । शिविरमा सन् १९८८ सिओल ओलम्पिककी स्वर्ण पदक विजेता याङ योङ याले प्रशिक्षण दिने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु