दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानमा १८४ औं पटकको कीर्तिमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन २८ गते, मंगलवार ६:४८

रसुवा । नेपालका रेकर्डेट रक्तदाता एवम् नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्तदानमा अर्को नयाँ कीर्तिमान कायम गरेका छन्। रसुवाको कालिका गाउंपालिकामा सोमवार आयोजित रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले १८४ औं पटकको रक्तदान गरेर नयाँ कीर्तिमान कायम गरेका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एस.एल.सी. २०५६ व्याज समूहले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा जम्मा ८६ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बाबुलाल तामाङ, सभापति नेरेसो रसुवा र अध्यक्ष नागरिक समाज रसुवाले सर्वाधिक स्वयंसेवी शतक रक्तदातालाई कर्माचार्यलाई दोसल्ला ओढाई सम्मान(पत्र प्रदान गरेर सार्वजनिक सम्मान अभिनन्दन गरेका थिए।

त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले पनि कालिका गाउँपालिकाको तर्फबाट पनि दोसल्ला ओढाएर सम्मान(पत्र प्रदान गरेर अर्को सार्वजनिक सम्मान रक्तदाता कर्माचार्यलाई गरिएको थियोे। कालिका हिमालय एस.एल.सी. २०५६ ब्याजका अध्यक्ष रामप्रसाद डकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष रामशरण गजुरेलको संयुक्त सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जनस्वास्थ्य कार्यालय धुन्चे रसुवाका झमप्रसाद आचार्य अतिथि रहेका थिए । रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रममा सम्मानित व्यक्ति कर्माचार्यले प्रशंसा(पत्र बितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु