दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला पुस १७ गते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष १५ गते, आईतवार २०:०५

काठमाडौँ: ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी दिनुभयो ।

“मलेसियामा कति नेपाली कामदार गए र अहिले नेपाल फर्किएपछि उनीहरु के गरिरहेका छन् भन्नेबारे कसैलाई पनि थाहा छैन”, नेपालले भन्नुभयो । तत्काल सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रदान गर्ने सामाजिक सुरक्षा योजनामा जोड्नु भेलाको प्रमुख उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

भेलाले विदेशमा सिकेका सीपलाई नेपालमा सदुपयोग गर्ने र गराउने, नेपालमा फर्किएर विभिन्न व्यवसायमा लागिसकेकाको अनुभव आदानप्रदान गर्ने, मलेसियामा रहेकाका परिवारलाई वित्तीय साक्षरता अभिवृद्धि र कमाएको धनको सही सदुपयोग गरी राष्ट्रनिर्माणमा सहयोग गर्ने, मलेसियाबाट फर्किएका युवाका लागि सामूहिक लगानीका सम्भावनाको खोजी गर्ने उद्देश्य राखेको छ । त्यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विभिन्न सङ्घ सङस्था, प्रदेश र स्थानीय सरकारलाई नीति तथा कार्यक्रमगत सुझाव उपलब्ध गराउने उद्देश्य भेलाले राखेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु