
काठमाडौं। नेपालका रेकर्डेड रक्तदाता प्रेमसागर कर्माचार्यको गीत रचनामा रक्तदान जागरण गीत रेकर्डिङ भएको छ। मानव जीवनमा रक्तदाताहरूलाई उत्प्रेरित उराउँने रक्तदान जागरणको उक्त नयाँ गीत रेकर्डिङ हिजो शुक्रवार सम्पन्न भएको हो ।
गीतको बोल
——–
रगतको दान रक्तदान हुन्छ यसले जीवनदान
जीवनको दान जीवनदान हुन्छ जहाँ रक्तदान
जहाँतहीं जताततै सबले सबैले गरौं रक्तदान
स्वस्थ व्यक्ति स्वच्छ रगत गर्दा राम्रो रक्तदान
यसैमा छ मानव सेवा नचुकौं है गर्न रक्तदान
जहाँतहीं जताततै सबले सबैले गरौं रक्तदान
दान पारमितामा महादानलाई बुझौं रक्तदान
सञ्चार गरौं रगत एकअर्कामा गरेर रक्तदान
जहाँतहीं जताततै सबले सबैले गरौं रक्तदान
———————–
गायिका–नेपाल आईडल सिजन छ का विजेयता गंगा सोनाम
संगीत– मनराजा नकर्मी
रचना – सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य
एरेन्जर–अष्ट लामा
रेकर्डिस्ट – जुगल डंगोल
स्टुडियो – आटो म्युजिक,पुतलीसडक ।
—————————-


