तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपालको मौलिक परिकार सेल पकाउने प्रतियोगिता सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक ३ गते, सोमबार १७:५६

तिहारको अवसरमा आज काठमाडौमा नेपालको मौलिक परिकार सेल पकाउने प्रतियोगिता सम्पन्न भएको छ । नेपालका प्रथम कार्यकारी सेफ गोविन्द नरसिंह केसीले उद्घाटन गर्नुभएको प्रतियोगितामा सेफ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय हुनुभएको थियो । नेपाली खाना प्रवर्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा सम्पन्‍न प्रतियोगितामा विभिन्न नौजना सेफहरुको सहभागिता थियो । नेपाली खानालाई देशभित्र र बाहिर प्रचार प्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्ने सहभागी सेफहरुले बताएका छन् ।
सेफहरुले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसी समेत खेलेका थिए । नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरुमा देखिएका समस्या समाधान हुनुपर्ने विचार उनीहरुले देउसीमार्फत अभिव्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय सेफ दिवस समेतको अवसरमा गरिएको प्रतियोगितामा अक्टोबर २० अर्थात् आजको दिनलाई अन्तर्राष्ट्रिय सेफ दिवसका रुपमा समेत मनाउने गरिएको छ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु