दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालसंग सहकार्य गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक ९ गते, आईतवार १७:१७

काठमाडौँ । चीनको युनान प्रान्तको लिजियाङमा “फाल्कन कप” अन्तर्राष्ट्रिय धनुर्विद्या आमन्त्रण प्रतियोगिता र दशौँ झेङजी कप धनुर्विद्या आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।
प्रतियोगितामा हङगेरी, थाइल्यान्ड, म्यान्मार र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, चोङ्किङ, आनहुई, चिङहाइ, टियानजिन, हङकङ र युनान प्रान्तका कुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायतका स्थानबाट १ सय ६० खेलाडी सहभागी भएका थिए ।
नेपालका तर्फबाट उद्घाटन समारोहमा काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट अर्गनाईजेसनका सचिव राजीव महर्जन सहभागी भएका थिए ।
कार्यक्रममा नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न चीनको युनानस्थित स्पोर्ट्स इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान र कुन्मिङ जेन्जी आर्चरी क्लबले सहकार्य गर्ने पुन प्रतिबद्धता जनाएको छ ।
ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाले आयोजना गरेको कार्यक्रममा ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङ र मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष एवं काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सलआर्ट अर्गनाईजेसनका सचिव राजीव महर्जनबीच सहकार्य गर्ने सहमति भएको छ । यसअघि सो संस्थाले प्रशिक्षकहरुको आदान प्रदान गर्ने, नेपाली खेलाडीहरुलाई प्रशिक्षणका लागि विश्वविद्यालय र एसोसिएसनले अवसर दिने, वर्षमा न्युनतम एक कार्यक्रम संयुक्त रुपमा गर्ने, नयाँ खेलाडी उत्पादनका लागि आवश्यक सहयोग गर्ने सहमति भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु