तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दलित जेनजी एलायन्स घोषणा, संयोजकमा जीवन तिरूवा नेपाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १४ गते, शुक्रबार ८:०८

काठमाडौं, १३ कार्तिक । जेनजी आन्दोलनको उपलब्धिको रक्षा गर्न र दलित समूदायको हकअधिकार रक्षा र सबै तहमा आफ्नो समूदायको सहभागिताको लागि दलित जेनजी एलायन्स घोषणा गरिएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त एलायन्सको घोषणा गरिएको हो । जसको संयोजकमा जीवन तिरुवा नेपाली तोकिएका छन् ।
संयोजक नेपालीले भनेका छन्,‘हामीले यो दलित जेनजी एलायन्स गठन गर्नुको मूल उद्देश्य जेनजीहरुको साथको लागि हो । जेनजी सशक्त बनाउनको हो । त्यसको लागि सशक्त भएर काम गर्नुपर्छ । हरेक वार्ता तथा सम्वादमा हामीलाई पनि समावेश गरिनुपर्छ । हरेक मन्त्रालय, हरेक वार्तामा दलित जेनजीहरुको पनि सहभागिता हुनुपर्छ । अहिलेको मन्त्रिपरिषद्मा दुई जना दलित समूदायबाट सदस्य थपिनुपर्छ । मैले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पनि कुरा राखेको छु । उहाँ यो विषयमा सकारात्मक हुनुहुन्छ ।’
उनले सबै वर्ग, समूदायलाई समेटेर नै जानुपर्ने धारणा राखे । उनले राजनीतिक दलहरुले पनि जेनजीका जायज मागलाई तलमाथि गर्न नहुने चेतावनी दिए । उनले भने,‘दलहरुले जेनजीको भावनामाथि खेलवाड नगरुन्, नत्र जेनजीहरुले निर्णायक आन्दोलन गर्नसक्छन्, यसप्रति सचेत हुनुपर्छ ।’ अहिले जेनजी युवाले खोजेको भने मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार निर्मूल गरिनुपर्ने रहेको उनको भनाई छ ।
कार्यक्रममा भदौ २३ गतेको जेनजी आन्दोलनका घाईते भएकाहरु कालिकोट स्थायी घर भएका शैलेन्द्र लोहार र पर्वतका आयुष विश्वकर्माले पनि आफ्नो धारणा राखेका थिए । उनीहरुले आफूहरुले परिवर्तनको लागि र देशको भलाईको लागि आन्दोलनमा भाग लिएको बताए । उनीहरु गोली लागेर सख्त घाईते भएका युवा हुन् । आफूहरुको माग र भावनालाई बुझ्नको लागि पनि सबैलाई उनीहरुको आग्रह थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष अधिवक्ता अधिवक्ता त्रिलोक चन्द विश्वास (बिक) ले दलित जेनजी एलायन्स गठन गरिएको विषयमा प्रष्ट पारेका थिए । उनले अब देशमा भ्रष्टाचार पूर्ण रुपमा उन्मुलन हुनुपर्ने धारणा राखे । उनले भने,‘जेनजी पनि सुशासन हुनुपर्यो, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भनेका हो । समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्यो । दलित समूदायको उचित रुपमा सबै क्षेत्रमा प्रतिनिधित्व हुनुपर्छ, सिमान्तकृत समूदायको प्रतिनिधित्व हुनुपर्छ ।’
उनले जेनजीले उठाएको मागप्रति कसैले पनि षड्यन्त्र गर्न नहुने धारणा राखे । आन्दोलनका सहभागी युवाहरुलाई फसाउन नहुने उनको भनाई छ । उनले भने,‘जेनजी पुस्ताले परिवर्तनको लागि गरेको योगदानको कदर हुनुपर्छ । जेनजी जनआन्दोलन २०८२ कै रुपमा लिनुपर्छ । यो जनआन्दोलनमा शहिद भएकाहरु, र घाइतेहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । सम्मान गर्नुपर्छ।’
उनले अब बन्ने निर्वाचन प्रणालीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने माग गरे । उनले भने,‘त्यसमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । राज्यको शासकीय स्वरुपमा पनि परिवर्तन गर्नुपर्छ । संविधान संशोधन गरेर जानुपर्छ । यो त जेनजी आन्दोलनपछि बनेको सरकार हो । संविधानको रक्षा गर्नुपर्छ । जेनजीहरुको माग सम्बोधन गर्नुपर्छ ।’ कार्यक्रमको सञ्चालन भने रुपकलाल कुलालले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु