तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रामकोटको बद्रीनारायण धाममा ‘एकादशी मेला’, भक्तजनको घुईँचो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १५ गते, शनिबार १९:१२

काठमाडौँ, १५ कात्तिक । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा ‘हरिबोधनी एकादशी मेला’ लागेको छ ।

बद्रीनाराण धाम मेला आयोजक मूल समारोह समितिको आयोजनामा पहिलोपटक बद्रीनारायण धाममा आज एकादशी मेला लागेको हो । उक्त मेलामा आज विहानैदेखि भक्तजनको घुईँचो लागेको छ ।

नारायण पोखरेल प्रतिष्ठानका संरक्षक एवम् अध्यक्ष दिनबन्धु पोखरेलले सनातनीहरुको धार्मिक धरोहर बद्रीनारायण धाम उपत्यकामा परापूर्व कालदेखि चलिआएका चार नारायण दर्शनमा पाँचौ धामको रुपमा विकास भएकाले यहाँ पहिलोपटक एकादशी मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

“धार्मिक पर्यटनका लागि वर्षेनी हजारौँ भक्तजनहरु विभिन्न क्षेत्रको यात्रामा निस्किरहेको अवस्थामा नेपालमै बद्रीनारायण धाम निर्माण गरिएको हो,”– उहाँले भन्नुभयो । पण्डित स्व नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले रामकोटमा उक्त धाम निर्माण गरेको हो ।

धामको गत वैशाख १९ गतेदेखि २७ गतेसम्म प्राणप्रतिष्ठा गरिएको थियो । रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धामभित्र सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण गरिएको छ ।

यस्तै, धामभित्र आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ । स्व नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँले भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो ।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु