तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुनः मार्टिन गुप्टिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ कार्तिक १७ गते, सोमबार ६:५४

काठमाडौं, नेपाल – १६ कार्तिक, २०८२ – विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (NPL) को दोस्रो सिजनका लागि न्युजिल्याण्डका विश्वप्रसिद्ध क्रिकेटर मार्टिन गुप्टिललाई दोस्रो सिजनका लागि निरन्तरता दिएको छ।

गुप्टिल आधुनिक क्रिकेटका सबैभन्दा परिचित नामहरूमध्ये एक हो, जो इनिंगको शिर्षमा आफ्नो विष्फोटक ब्याटिंग र सीमित ढाँचामा प्रभुत्व जमाउने क्षमताको लागि परिचित छन्। गुप्टिलको लामो र सफल करियरमा उनी आईसीसी विश्वकप र टी-२० विश्वकप सहित प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा न्युजिल्याण्डका लागि एक प्रमुख खेलाडी भएका छन्। २०१५ को विश्वकपमा अविजित २३७ रनको उनको किर्तिमान तोड्ने दोहोरो शतक आधुनिक एकदिवसीय क्रिकेटको सबैभन्दा अविष्मरणीय क्षणहरू मध्ये एक हो।

विभिन्न फर्म्याटहरूमा हजारौं अन्तर्राष्ट्रिय रन बनाएका गुप्टिलले सीप मात्र नभई शान्त स्वभाव र नेतृत्व पनि मैदानमा ल्याउँछन्। इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लगायत विश्वभरका फ़्रेन्चाइज लिगहरूमा उनको अनुभवले उनलाई एनपीएल तथा विराटनगर किङ्सलाई अवश्य मद्धत पुग्नेछ।

विराटनगर किङ्सका लागि गुप्टिलको आगमनले ब्याटिंग लाइनअपलाई बलियो तथा पावरप्लेको समयमा टोलीलाई आक्रमकता दिनेछ। सिजनभरि इनिंग्स एंकर गर्ने र खेल समाप्त गर्ने उनको क्षमता महत्त्वपूर्ण हुनेछ। फ्यानहरूले उनको ट्रेडमार्क छक्का, रचनात्मक साझेदारी र म्याच विनिंग प्रदर्शनले नेपालको सबैभन्दा ठूलो क्रिकेट मंचलाई फेरि एकपटक उज्यालो बनाएको हेर्न उत्सुक छन्।

बिराटनगर किंग्सको बारेमा

बिराटनगर किंग्स नेपाल प्रिमियर लिग (NPL) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु